बाँकेको कोहलपुरमा विद्यार्थी लक्षित सडक सुरक्षा योजना लागु गरिएको छ । बढ्दो शहरीकरणसँगै बढ्दै गएको सडक दुर्घटनाको जोखिमलाई कम गर्न कोहलपुर क्षेत्रमा ‘बिद्यार्थी सहायता सुरक्षा योजना-२०७७’ कार्यान्वयनमा ल्याईएको हो ।
मंगलबार कोहलपुर नगरपालिका नगरपालिकाका मेयर लुट बहादुर रावत र ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले संयुक्त रुपमा बेलुन उडाएर सडक सुरक्षा योजनाको सुभारम्भ गरेका हुन । कोहलपुर नगरपालिका १० स्थित त्रिभुभन नमुना माद्यामिक विद्यालय अगाडीको जेब्राक्रशबाट बेलुन उडाएर सुरु गरीएको सडक सुरक्षा योजना अन्तर्गत कोहलपुर बजार क्षेत्रका बिभिन्न बिद्यालयहरुमा दैनिक बिहान ९ बजे देखि १० बजेसम्म र दिउँसो ३:३० देखि ऐ ४:३० बजेको समय यो योजना लागु गरिने भएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

त्यस समयमा विद्यार्थीहरु बिद्यालय जाँदा र फर्किदा बढि मात्रामा सडक प्रयोग गर्नुपर्ने र सोही समयमा सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै ‘बिद्यार्थी सहायता सुरक्षा योजना-२०७७’ लागु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
२५ फाल्गुन २०७७, मंगलवार १९:३३ प्रकाशित