नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरको बृहत्त कार्यकर्ता भेला मंगलवार सम्पन्न भएको छ । भेलाले समाजबादको लक्ष्य पुरा गर्न प्रगतिशिल बामपन्थी शक्तिहरुको नयाँ सिराबाट बृहत्त एकता गर्दै अगाडि बढ्ने निर्णय गरेको नगर सचिव बल बहादुर खड्काले जानकारी दिए ।
उनले कम्युनिष्ट पार्टीको एउटै केन्द्र निर्माण गर्न ३ वर्ष अघि थालिएको अभियान केपि ओलीको सत्ता स्वार्थमा पुगेर रोकीएको बताए ।
कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता असोक रोकायले बलिदान पुर्ण माओवादी आन्दोलनको रक्षा र बिकास गर्दै समाजबादको लक्ष्य पुरा गर्न अबिचलीत भएर लाग्न कार्यक्रर्तालाई निर्देशन दिए ।
कार्यक्रममा नेता प्रकास सुबेदी, ओम प्रकास केसी, नरेन्द्र न्यौपाने, नरेन्द्र पाण्डे लगायतले बोलेका थिए ।
अदालतले पुर्ववत पार्टी माअोवादी केन्द्र र एमाले व्युताईदिएपछि माओवादी केन्द्रको पहिलो भेला भएको हो ।
भेलामा बोल्दै कार्यकर्ताहरुले क्रान्तिकारी बिचार सहितको पार्टी निर्माण गरेर जान सुझाव दिएका थिए । उनिहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती सहितको शासकिय स्वरुप र सर्वहारा बर्गसँग जोडिएका जनजिविकाका सवाललाई पार्टीले दह्रोसँग समात्नु पर्नेमा जोड दिए ।
भेलाले कार्यकर्तामाझ जानकालागि १ महिने अभियान समेत सञ्चालन गर्ने निर्णय गरेको सचिव खड्काले जानकारी दिए ।
२५ फाल्गुन २०७७, मंगलवार १९:०८ प्रकाशित