कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रीक समावेशी व्यवसायी समूह बिजयी भएको छ । नयाँ नेतृत्वकोलागि शनिबार सम्पन्न मतदानको नजिता लोकतान्त्रीक समावेशी व्यवसायी समूहको पक्षमा आएको हो । यद्यपी अहिलेसम्म आधिकारीक रुपमा नतिजा सार्वजनिक गरीएको छैन । मतगणना सम्पन्न भईसकेकाले केही समयभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बताईएको छ ।
अहिले बिजयी उम्मेदवारहरुको पक्षमा कोहलपुर वाणिज्य संघको कार्यालय परिसरमा नाराबाजी भईरहेको छ । लोकतान्त्रीक समावेशी व्यवसायी समूह पक्षधरले खुसीयाली मनाईरहेका छन ।
२३ फाल्गुन २०७७, आईतवार २०:३४ प्रकाशित