१३ बैशाख २०८१, बिहीबार
अब ढकेरीमै वर्थडे केक पाइने
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी-९ ढकेरीमा आइतबारदेखि कविता स्वीट एण्ड डेरी पसल संचालनमा आएको छ । डेरीको राप्रपाका क्षेत्रीय उपाध्यक्ष तथा ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष सोहनलाल थारुले उद्घाटन गरेका थिए ।

उद्घाटन पछि प्रतिक्रिया दिदै अध्यक्ष थारुले ढकेरीमा अब वर्थडे केक पाइने भएकोले खुसीको कुरा भएको बताए । डेरीकी संचालक दुर्गा केसीले एउटा केके लिन कोहलपुर जानुपर्ने बाध्यता रहेको बताउँदै अब पैसा र समयको पनि बचत हुने विश्वास ब्यक्त गरीन । ढकेरीबासीको मागलाई मध्यनजर गर्दै करिब ५ लाख लागतमा डेरी पसल संचालनमा ल्याएको केसीले बताइन् ।

ढकेरीबसीलाई दूध, दही, घिउ, पनिर तथा वर्थेडे केक खरिदलागि यसअघि कोहलपुर जानुपर्ने बाध्यता थियो । ५०० को केक किन्न २०० खर्च गरेर कोहलपुर जानुपर्ने बाध्यता हटेको भन्दै स्थानियहरुले खुसी ब्यक्त गरेका छन ।

  • २३ फाल्गुन २०७७, आईतवार १३:०१ प्रकाशित
  • Nabintech