बाँकेको राप्तीसोनारी गाँउपालिका ४ माहुँमा गाँजा नष्ट गरीएको छ । इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा गाँजा नष्ट गरिएको हो ।
लागु औषध उन्मुलन गर्ने उद्देश्यले प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा गाँजा नस्ट गरिएको थारुले जानकारी दिए । राप्ती सोनारी वडा न ३, ४ र ५ मा गाँजाको सेवन गर्ने क्रम बढेको जनगुनासो आएपछि प्रहरीले उक्त अभियान चलाएको इन्चार्ज थारुले जानकारी दिए । उनले क्रमश ३ वटै वडामा गाँजाको बिरुवा नष्ट गरीने र जनचेतनामूलक कार्यक्रम समेत संचालन गर्ने बताए ।
राप्तीसोनारीका केही वडाका स्थानियहरुको बारीमा गाँजा आफै उम्रने गरेको छ । ब्यवसायीक खेती नगरीएपनि यहाँको खेतबारीमा आफै उम्रने गाँजाका कारण स्थानिय युवाहरु कुलतमा फस्ने सम्भावना बढ्दै गएको छ ।
२३ फाल्गुन २०७७, आईतवार १२:०६ प्रकाशित