कोहलपुर उद्योग वाणिज्य संघको मतगणना जारि छ । नयाँ नेतृत्वकोलागि शनिबार सम्पन्न मतदानको नजिताकालागि वाणिज्य संघको कार्यालयमा मतगणना भईरहेको छ । आईतबार बिहान ११ बजेसम्मको मतगणना अनुसार साझा समावेशी व्यवसायी प्यानलबाट अध्यक्ष पदमा उठेका विष्णु प्रसाद खनाल अगाडी देखिएका छन । खनालले ७०७ मत प्राप्त गरेका छन । उनका प्रतिद्धन्द्धी लोकतान्त्रीक समावेशी व्यवसायी समूहका अध्यक्ष लक्ष्मणराज पौडेलले ६७७ मत प्राप्त गरेका छन ।
११ बजेसम्म भएको १३७७ मतगणना अनुसार दुबै पक्षका उम्मेदवारहरुले पाएको मत यसप्रकार रहेको छ ।:
साझा समावेशी व्यवसायी प्यानल
अध्यक्ष : विष्णु प्रसाद खनाल (७०७)
उपाध्यक्ष : तेज प्रसाद अधिकारी (५५३)
उद्योग उपाध्यक्ष : कमल खड्का (५३६)
बाणिज्य उपाध्यक्ष : बलराम देवकोटा (७४२)
महासचिव : नबिन खड्का (७५५)
उपमहासचिव : प्रशुराम लामिछने (६०८)
कोषध्यक्ष : खेम प्रसाद घिमिरे (६३४)
सह-कोषाध्यक्ष : भुपेन्द्र काफ्ले (८००)
सदस्य : अर्जुन प्रसाद सुबेदी (५४३)
सदस्य : ओपेन्द्र नाथ योगी (३९२)
सदस्य : ओम प्रकाश चापागाईं (४५७)
सदस्य : गंगाराम भण्डारी (४७२)
सदस्य : गोपाल प्रसाद अधिकारी (४४९)
सदस्य : जगत रामदास (४२३)
सदस्य : पुन्य प्रसाद तिवारी (४८९)
सदस्य : बिकाश बुढाथोकी (३९६)
सदस्य : बेदराज घिमिरे (५१०)
सदस्य : महेश खतिवडा (४६९)
सदस्य (महिला) : अम्बिका आचार्य (५४१)
सदस्य (महिला) : कमला खड्का (४९२)
सदस्य (बस्तुगत) : टंक प्रसाद बस्याल (६ मतले बिजयी)
लोकतान्त्रीक समावेशी व्यवसायी समूह
अध्यक्ष : लक्ष्मणराज पौडेल (६७७)
बरिष्ठ उपाध्यक्ष : प्रदिप भट्टराई (८३७)
उद्योग उपाध्यक्ष : चण्डी प्रसाद गैरे (७६२)
वाणिज्य उपाध्यक्ष : संगिता सुवेदी (६४९)
महासचिव : मातृका सापकोटा (६२५)
उप-महासचिव : दिपक बहादुर भण्डारी (७६०)
कोषाध्यक्ष : सिता कार्की (७२४)
सदस्य : तेजबहादुर अधिकारी (४७९)
सदस्य : भुमिराज कंडेल (४७४)
सदस्य : राकेश विष्ट (५८३)
सदस्य : होम बहादुर रावत (४२१)
सदस्य : यज्ञ प्रसाद सुवेदी (४३५)
सदस्य : दिपक वली (५४९)
सदस्य : यादवराज बस्याल (४३८)
सदस्य : नविन कुमार शाही (४८१)
सदस्य : कल्याण केसी (४७१)
सदस्य : चिरञ्जीवी चौधरी (४२६)
सदस्य (महिला) : पबित्रा ढकाल (५६७)
सदस्य (महिला) : सर्मिला मल्ल (४९२)
एशोसिएट सदस्य : दिप नारायण श्रेष्ठ (बिजयी)
सदस्य पदको स्वतन्त्र उम्मेदवार:
अमर जंग शाहा (२७०)
२३ फाल्गुन २०७७, आईतवार ११:४४ प्रकाशित