१३ बैशाख २०८१, बिहीबार
नेपाल र चीनबीच १० वटा सम्झौता
  • काँचुली खबर

नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।

चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको भेटवार्तामा प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री खछ्याङबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसक्रममा दुई देशको आपसी हित र सहयोग आदान प्रदानबारे कुराकानी भएको बताइएको छ । यसैबीच प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ ।

चीनको ग्रेट हल अफ दि पिपुल्समा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइएको हो । कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि पनि खछ्याङ उपस्थित रहेका थिए । ओलीलाई गार्ड अफ अनर प्रदान गरेपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको बताइएको छ ।

यो वार्तापछि दुई देशबीच महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । ओली गत असार ५ गते ११९ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा गएका हुन् । प्रधानमन्त्री आगामी असार १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

  • ७ असार २०७५, बिहीबार १६:५१ प्रकाशित
  • Nabintech