१५ चैत्र २०८०, बिहीबार
सेना दिवसको अबसरमा बाँकेमा ‘रन फर फन’
  • काँचुली खबर

सेना दिवसको अबसरमा नेपाली सेनाले बाँकेमा नेचर कन्जरभेसन रन ९रन फर फन० कार्यक्रम आयोजना गर्ने भएको छ । ४ बाहिनी अड्डा राँझा ब्यारेकले शिवरात्री तथा सेना दिवसको अबसरमा फागुन २६ गते रन फर फन गर्ने भएको हो।

बिहिबार पत्रकार सम्मेलन मार्फत नेपाली सेनाको ४ बाहिनी अड्डा राझाका बाहिनीपति हरेन्द्र पाठकले उक्त जानकारी दिएका हुन । पाठकका अनुसार शम्सेरगञ्जमा आयोजना गरीने रन फर फन मा विभिन्न खेलकुद बिदाहरु समावेश गरिएको छ । जसमध्ये २१ किलोमिटर पुरुष दौड, १० किलोमिटर महिला, ५ किलोमिटर महिला र पुरुष तथा २५ किलोमिटर साईकललिङ प्रतियोगिता हुने बताईएको छ । प्रतियोगितामा खुल्ला तथा निशुल्क रुपमा भाग लिन पाइने ब्यवस्था मिलाईएको पाठकले बताए ।

सैनिक र नागरिक बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निकुञ्जको सम्बन्ध तथा बिकासमा टेवा पुर्याउने हिसाबले प्रतियोगिता गर्न लागेको नेपाली सेनाले जनाएको छ । गत वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा आयोजना गरीएको उक्त कार्यक्रम यस पटक बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत शम्शेरगन्जमा गर्न लागिएको हो ।

  • २० फाल्गुन २०७७, बिहीबार १७:२० प्रकाशित
  • Nabintech