सरकारमा सहभागी हुने विषयमा तत्काल निर्णय नलिने निष्कर्षमा पुगेको नेपाली काँग्रेस सरकारमा जान तयार देखिएको छ । आफ्नो सहभागिता र सक्रियताबिना नयाँ सरकार बन्न नसक्ने र संक्रमण झन् लम्बिने विश्लेषण गर्दै काँग्रेस सरकारमा जान तयार देखिएको हो ।
काँग्रेस नेतृत्वले नेकपाको प्रचण्ड-माधव पक्षसँग निरन्तर वार्ता गरिरहेको छ भने यो समीकरणमा जनता समाजवादी पार्टी (जसपा) पनि सकारात्मक देखिएको छ । अविश्वास प्रस्तावबाट ओलीलाई हटाएर देउवाको नेतृत्वको नयाँ सरकार बनाउने सम्बन्धमा काँग्रेस, प्रचण्ड-माधव पक्ष र जसपाबीच एक खालको समझदारी बन्दै गरेको काँग्रेसका एक नेताले बताए । ति नेताले भने, ‘छिटै यसले ठोस् आकार लिनेछ । अधिवेशन बस्नुअघि नै सबै कुरा स्पस्ट हुन्छ ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बुधबार चितवनमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने अवसर आएमा कांग्रेस जिम्मेवारीबाट नभाग्ने बताउँदै सरकारमा जान तयार रहेको स्पष्ट सन्देश दिएका थिए । त्यसैगरी महामन्त्री शशांक कोइरालाले पनि प्रचण्ड-माधव पक्षसँग सहकार्य गरेर काँग्रेसले सरकार बनाउनुपर्ने बताएका थिए ।
ओलीसँगको निकटताका कारण सरकारमा जान हुँदैन भनेर अडान लिइरहेका रामचन्द्र पौडेल पक्ष पनि प्रचण्ड-माधव पक्षसँग सहकार्य गर्नेमा सकारात्मक देखिएको छ । पौडेलले बिहीबार आयोजित एक कार्यक्रममा प्रचण्ड-माधव पक्षसँग सहकार्य गर्नुपर्ने धारणा राखेका छन् । यो बीचमा देउवा र पौडेल बसेर पटकपटक यसबारेमा छलफल गरेका छन् । सरकारको नेतृत्व छोड्नु हुँदैन भन्ने निष्कर्षमा दुवै नेता पुगेका छन् । यही विषयमा छलफल गर्न देउवाले बूढानीलकण्ठमा बिहीबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन् । सत्ता समीकरणको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा शुक्रबार बस्ने काँग्रेस संसदीय दलको बैठकमा छलफल हुँदैछ ।
फागुन ११ गते सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला सुनाएको भोलिपल्ट नै नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेर काँग्रेस सभापति देउवासँग नयाँ सरकारका लागि सहकार्यका लागि प्रस्ताव पनि राखेका थिए । तर देउवाले नेकपाको आधिकारिताको विवाद टुंगो लागेपछि मात्र काँग्रेसले आफ्नो निर्णय लिने जवाफ दिएका थिए । त्यो भेटमा देउवाकै नेतृत्वमा सरकार निर्माण गर्ने कुरा स्पस्ट रुपमा भनिएको थिएन र मिलेर नयाँ सरकार बनाउँ मात्र भनिएकोले देउवाले स्पस्ट जवाफ दिएका थिएनन् ।
तर संसद्मा पहिले विचाराधिन अविश्वास प्रस्तावमा वैकल्पिक प्रधानमन्त्रीका रुपमा प्रचण्डको नाम उल्लेख गरिएकोले पनि देउवा टिम पर्ख र हेर रणनीतिमा थियो । यो बीचमा प्रचण्ड-माधव पक्षले संसदमा पहिले दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने र नयाँ ढंगले अघि बढ्ने निर्णय गरेपछि कांग्रेससँगको संवाद सकारात्मक बन्दै गएको हो । प्रचण्ड-माधव पक्षका नेताले हरेक दिनजसो काँग्रेस र जसपाका नेताहरूसँग विभिन्न तहमा संवाद जारी राखेका छन् ।
काँग्रेस नेता मिनेन्द्र रिजालले काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था र अवसरका बारेमा आन्तरिक रुपमा छलफल भइरहेको र सहकार्यका लागि दलहरूसँग संवाद पनि भइरहेको अन्नपूर्ण बताए । उनले भने, ‘संवाद सकारात्मक रुपमा अघि बढेको छ । छिटै हामी पनि निष्कर्षमा पुग्छौं ।’
नेकपा विवादको आधिकारिता टुंगो लाग्ने लक्षण नदेखेपपछि कांग्रेस आफै अग्रसर भएको हो । नेकपा विवादको आधिकारिता विवाद निर्वाचन आयोगमा अल्झिएको छ। नेकपा आधिकारिताको विवाद न निर्वाचन आयोले टुंगो लगाउने अवस्था छ न त पार्टी फुटाएर अलग्गै दल निर्माण गर्ने कानुनी अनुकुलतामा प्रचण्ड-माधव छन् ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन चाहिन्छ । यतिबेला नेकपाका १७२ सांसद मध्ये आधा आधाको हाराहारीमा विभाजित छन् । प्रचण्ड-नेपल समूहतिर ८७ र ओली समूहतिर ८३ जना दाबी गरिएको छ र केही तटस्थ छन् । निर्णायक विन्दुमा १० जना यताउती हुन्छन् र बलियो समूह जता उतै जान्छन् । ओली र प्रचण्ड-नेपाल दुवैलाई १ सय ३८ सांसद पुर्याउन ६३ सांसद रहेको काँग्रेसकै साथ अनिवार्य जस्तै देखिएको छ । प्रतिनिधिसभामा ३४ सांसद रहेको जसपा पनि सत्ता समीकरणको निर्णायक भूमिकामा छ ।
२० फाल्गुन २०७७, बिहीबार १६:१३ प्रकाशित