फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनकालागि अर्जुनजंग शाहले सदस्य पदमा उम्मेदवारी दिएका छन । नेकपा र नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै दुई समुहबिच हुन गईरहेको चुनावमा शाह एक्लो स्वतन्त्र उम्मेदवार हुन ।
पछिल्लो समय राजनितिप्रति वितृष्णा बस्दै गएकाले आफुले दलहरुको विकल्पमा स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन शाह । राजनिती भन्दा माथी उठेर ब्यवसायीक हक र हितकालागि काम गर्ने उद्धेश्यले कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र सदस्य पदमा उम्मेदवारी दिएको शाहले बताउने गरेका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कोहलपुर न्यूरोडमा रोयल फिटनेश संचालन गरेर युवाहरुलाई शारिरिक रुपमा तन्दुरुस्त बनाउँदै आएका शाह सामाजिक तथा ब्यवसायीक रुपमा समेत राम्रो छवि भएका युवामध्येमा पर्दछन । बिगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेको जिकिर गर्दै शाहले एक पटक व्यवसायीको हितमा काम गर्ने अवसर प्रदान गर्न सबै ब्यवसायीहरुलाई आग्रह गरेका छन ।

निर्वाचन मिति नजिकिएसँगै एक्लै चुनावी प्रचारमा हिडिरहेका शाह ब्यवसायीहरुबाट सकारात्मक प्रतिक्रिया पाएकाले चुनाव जित्नेमा ढुक्क देखिन्छन । चुनावी मतपत्रको २१ नम्बरमा भोट हालेर सहयोग गर्न आह्वान गर्दै शाह हरेक दिन मतदाताको आँगनमै पुग्ने गरेका छन । आफ्नो सक्रियता नै चुनाव जित्ने आधार भएको बताउँदै शाह भन्छन, ‘राजनितिक दलहरुलाई चुनौति दिदै उम्मेदवारी दिएको छु, जस्तो नजिता आएपनि स्विकार्य छ ।’
२० फाल्गुन २०७७, बिहीबार १५:०३ प्रकाशित