सरस्वती मावि भवनियापुरलाई खेलकुद पोसाक सहयोग गरिएको छ । सोनारी राप्ती मिडिया प्रा.लि. का अध्यक्ष हेमन्त चौधरीले आफ्नै लगानीमा खेलाडी विद्यार्थीहरुलाई खेलकुद पोशाक सहयोग गरेका हुन ।
यहि २२ गतेबाट राप्ती सोनारी १ लौकीमा हुने तेस्रो राप्ती सोनारी स्तरिय रनिङ शिल्ड प्रतियोगीतामा भाग लिने सरस्वती मावि भवनीयापुरका २० जना खेलाडीहरुलाई आज एक कार्यक्रमको आयोजना गरेर पोशाक उपलब्ध गराइएको उक्त विद्यालयका प्रअ ललित कुमार चौधरीले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा बोल्दै मिडिया प्रालिका अध्यक्ष चौधरीले आफु उक्त विद्यालयको पुर्व विद्यार्थी र खेलाडी भएको बताउँदै खेलकुद विकासका लागी पोशाक सहयोग गरेको उल्लेख गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिडिया प्रालिका सदस्य इश्वरी केसी, मेघराज रिजाल लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो । सिद्देश्वर महादेव विद्यालयको आयोजनामा हुन गइरहेको रनिङ शिल्डमा ३० बढि विद्यालयको सहभागीता रहने छ भने २५ गते सम्म सन्चालन हुने भएको छ ।
२० फाल्गुन २०७७, बिहीबार १३:३८ प्रकाशित