यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ ।
खनाल नेतृत्वको समुहले संघको स्थपना काल देहि हालसम्म अनवरत काम गरेको नेतृत्व लाई बिजयी गराउन अपिल गरेको छ । खनाल नेतृत्वको टोलीले कोहलपुर ११ दश बिगाह, कोहलपुर बजरक्षेत्रमा व्यवसायीसँग भेटघाट गरेको महासचिव पदका उम्मेदवार नबिन खड्काले जानकारी दिए । व्यवसायीहरुले कोहलपुरको व्यावसयसँग परिचित नेतृत्व बिण्णु खनाललाई बिजयी गराउने प्रतिबद्धता जनाएको महासचिव पदका उम्मेदवार खड्काले बताए । उनका अनुसार १० बिगाह क्षेत्रमा प्रहरीको बिभिन्न खाले दमन हुने गरेको तथा हस्पिटल क्षेत्र भएकाले २४ धन्टा व्यवसाया गर्ने बातावरण हुनुपर्ने माग गरे ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अध्यक्ष पदका उम्मेदवार बिष्णु प्रसाद खनालले कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र संर्वद्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न आफ्नो नेतृत्वमा मात्रै सम्भव भएको बताए । उनले आफु संस्थापक सदस्य भएका नताले व्यवसायीका सबैखाले समस्या समाधान गर्न सझम हुने बताए ।
अध्यक्षका उम्मेदवार खनालले आफ्नो टिममा सस्थापन देखी उर्जावान सबैखाले व्यवसायीको सहभागिता रहेकाले आफ्नो सम्पुर्ण टिमको जित हुने खनालले बताए । व्यवसायीको नेतृत्व परिपक्व र जुझारु हुनुपर्ने बताउदै खनालले हाल प्यानलगत रुपमा चुनावमा होमिएपनि बिजयी पछि व्यवसायीक एकतालाई बिशेष ध्यान दिएर सबैको मन जित्ने बताए । उनले आफ्नो कार्यकाल कोहलपुर उद्योग बाणिज्य संघको स्वर्णीम काल हुने समेत दाबि गरे ।
यसैबिच आजै कोहलपुरका महिला उद्यमीहरुले खनाल नेतृत्वको प्यानललाई बिजयी गराउन कोहलपुर नगरपालिका ३ र ४ मा व्यवसायीक भेटघाट कार्यक्रम गरेका छन । घरेलु महासंघ बाँकेकी अध्यक्ष मधु खड्काको नेतृत्वमा रहेका महिला उद्यमीहरुले ब्यवसायीक हक, हित र एकताकालागि साझा समाबेसी व्यवसायी प्यानललाई विजयी गराउन आग्रह समेत गरेका थिए ।
बिष्णु खनाल नेतृत्वको प्यानलबाट सदस्य पदमा सदस्यहरुमा पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगि, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक बस्यालले उम्मेद्वारी दर्ता गराएका छन ।
१९ फाल्गुन २०७७, बुधबार १९:०९ प्रकाशित