बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो सार्वजनिक सुनुवाइ तथा पाँचौं साधारणसभा बुधबार सम्पन्न भएको छ ।
सभाको बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा केसी ‘नमुना’ ले उद्घाटन गरेकी थिइन । कार्यक्रममा बोल्दै सांसद नमुनाले सामाजिक कार्यमा स्थानीय वासी एक ढिक्का भएर लाग्नुपर्ने बताउदै विकासमा स्वयं जनता नै जागरुक हुनुपर्ने बताइन् । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडा सदस्य पुर्ण बहादुर वलीले ढकेरी क्षेत्रमा खानेपानी आवश्यक रहेको बेलामा यो संस्था स्थापना हुनु नै गौरवको कुरा भएको बताए ।
कार्यक्रममा संस्थाका सचीव श्रीधर उपाध्यायले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म १३ सय घरधुरी मध्ये ७ सय ८१ घरधुरी सदस्य रहेको र ६ सय ४२ घरमा २४ घन्टा पानी आपूर्ति भैरहेको जानकारी गराएका थिए कार्यक्रम लेखा समिति संयोजक धन सिह वलीले आर्थिक वर्ष २०७६/०७७ को २३ लाख ३७ हजार ३ सय ११ रुपैयाँको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रम सहजकर्ता राम बहादुर भणडारीले सार्वजनिक सुनुवाइको सहजीकरण गरेका थिए ।
कार्यक्रम संस्थाले लिएको न्युनतम १ सय शुल्क बढी भएको हुँदा मिटरमा देखाएको अंक अनुसारको शुल्क लिनुपर्ने उपभोक्ताहरुले माग गरेका थिए । तर समितिले शुल्क नघटाउने बरु पानी शुद्धीकरण गर्न सहमत भएको बताइएको छ ।
संस्थाका अध्यक्ष लक्षीराम केसीको सभापतित्वमा भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेकी छैठौं अधिकृत मिना सिंह, राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ कि वडा सदस्य सीता बिक, मिना विष्ट विद्यालयका प्रहरी सामुदायिक वनका प्रतिनिधिहरु उपभोक्ता लगाएको सहभागीता रहेको थियोे ।
१९ फाल्गुन २०७७, बुधबार १७:१२ प्रकाशित