लोकतान्त्रिक समूहद्धारा दशविगाहका व्यवसायीहरुसँग भेटघाट
  • काँचुली खबर

कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निवार्चन अभियानलाई तिव्रता बनाएको छ । सो समूहले मंगलबार कोहलपुर नगरपालिका वडा नं. ११ को दशविगाह क्षेत्रका व्यवसायीहरुसँग भेटघाट गरेको छ ।

व्यवसायीसँगको भेतघाटमा यूवा व्यवसायीहरुको समूह लोकतान्त्रीक समावेशी व्यवसायी समूहलाई मतदान गरी बिजय गराउन व्यापारीहरुसँग आग्रह गरिएको छ । लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले व्यापारीहरुलाई सहज रुपमा व्यापार व्यवसायी गर्नका लागि उद्योग वाणिज्य संघको नेतृत्व लिने बताउँदै घरधनि र व्यवसायीहरु बिचको समस्यालाई आफ्नो टिमले विशेष ध्यान दिई काम गर्ने बताएका छन् ।

व्यापारीहरुसँगको भेटघाटमा सो समूहबाट संघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप भट्टराईले विभिन्न निकायहरुले व्यवसायीहरुलाई अनावश्यक दुख दिईरहेकोले त्यसका लागि आफ्नो टिमले सहजिकरण गरी मर्यादित र व्यवस्थित व्यवसाय बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । साथै व्यवसायीहरुले अनावश्यक रुपमा तिर्दै आईरहेका करहरुको हटाउनका लागि सम्बन्धित निकायमा पहल गर्ने विश्वास व्यक्त गरेका छन् । सो क्रममा उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेद्वार चण्डी प्रसाद गैरेले दशविगाह क्षेत्रलाई २४ सैं घटना व्यापार व्यवसाय गर्न सक्ने गरी दशविगाह क्षेत्रलाई सुरक्षित बनाईएका छन् ।

वाणिज्य तर्फकी उपाध्यक्ष पदकी उम्मेद्वार संगिता सुवेदीले दशविगाह क्षेत्र विशेष गरी स्वास्थ्य क्षेत्रसँग बढि जोडिएको क्षेत्र भएकाले यहाँका व्यवसायीहरुका विभिन्न समस्याहरु आईपर्ने भएकाले ती समस्याहरुलाई उचित तरिकाले समाधान गर्ने आफ्नो टिमले उद्देश्य रहेको बताएकी छिन् । कोहलपुर उद्योग वाणिज्य संघलाई व्यवसायीका पक्षमा काम गर्ने र संघलाई रहेक दृष्टिकोणबाट बलियो बनाउन आफुहरु लाग्ने महासचिव पदका उम्मेद्वार मात्रिका सापकोटाले बताएका छन् ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजिकै व्यापार व्यवसायी गर्दा विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिँदै दशविगाह क्षेत्रको व्यवसायीलाई प्रभावकारी बनाउन संघले विशेष पहल गर्ने कोषाध्यक्ष पदकी उम्मेद्वार सिता कार्कीले व्यवसायीहरुका बिचमा प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

 

संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट अध्यक्षमा लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्यक्ष पदका लागि प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्षका लागि चण्डी प्रसाद गैरे, वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि संगिता सुवेदी, महासचिव पदका लागि मात्रिका सापकोटा, उप-महासचिव पदका लागि दिपक बहादुर भण्डारी, कोषाध्यक्ष पदका लागि सिता कार्की, सह-कोषाध्यक्ष पदका लागि भरत खत्री रहेका छन् ।

त्यसैगरी खुल्ला सदस्य पदका लागि राकेश विष्ट, भुमिराज कंडेल, तेज बहादुर अधिकारी, होम बहादुर रावत, यादव राज बस्याल, यज्ञ प्रसाद सुवेदी, दिपक वली, नविन कुमार शाही, कल्याण केसी र चिरञ्जिवि चौधरी रहेका छन भने, महिला सदस्यमा शर्मिला मल्ल र प्रवित्रा ढकाल र एशोसिएट सदस्यमा दिप नारायण श्रेष्ठ र वस्तुगत सदस्यमा किरण केसीले उम्मेद्वारी रहेको छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार १७:३३ प्रकाशित
  • Nabintech