मेला लगाउन मन्त्रीको निर्देशनमा गहुँबाली नष्ट
  • काँचुली खबर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् । रौतहट जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि करिब पाँच विघामा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो । एक स्थानीय पत्रकारका अनुसार मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली लगाउन दिएका थिएनन् । ती पत्रकारले भने, ‘उनले किसानहरुलाई जमिन खाली राख्न लगाएका थिए र जसले जबर्जस्ती बाली लगाए उसको खेतमा डोजर लगाएका छन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेला उद्घाटन गराउने तयारीमा प्रभु साह लागेका छन् । सो मेलामा भारतबाट भोजपुरी सिनेमाका कलाकारहरु समेत ल्याउने तयारी भइरहेको स्थानीयहरुले बताएका छन् । ‘नष्ट भएको बालीको मुआब्जा दिने भनिएको छ । तर त्यो मुआब्जाप्रति किसानहरू सन्तुष्ट छैनन्’ त्यहाँका किसानहरु भन्छन्, ‘एक कट्ठामा चारदेखि पाँच मनको हिसाबले उत्पादन हुन्थ्यो तर कठ्ठाको पच्चिस रुपैयाँ दिने भनेका छन्, हामीलाई निकै मर्का भएको छ । यत्रो मेहनतका साथ खेती लगाएका थियौं तर एउटा मेला लगाउनका लागि बालीमा डोजर लगाएर हामीमाथि अन्याय गरियो ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

स्थानीय किसानहरुका अनुसार मेला लगाउनका लागि अरु पनि जग्गाहरु खाली राखिएको छ । तर त्यहाँ मेला नलगाई खेती लगाइएको ठाउँमा आएर डोजर लगाइएको किसानहरुले गुनासो गरे । एक महिला किसानले भनिन्, ‘मन्त्रीज्यू घरमा आएर भन्नुभयो कि महाशिवरात्रिमा मेला लाग्छ, त्यसमा बाली नलगाउनुहोला, हामीले मन्त्रीले भनेको ठाउँमा बाली लगाएनौँ तर जहाँ बाली लगाएनौँ त्यहाँ मेला नलगाएर यतातिर सरेको छ ।’

रातोपाटीबाट

  • १८ फाल्गुन २०७७, मंगलवार १५:२२ प्रकाशित
  • Nabintech