अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् ।
धनुषाको छिरेश्वर नगरपालिका ५ मा गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङको गाडीबाट ८ लाख रुपैयाँ बाटोमा फालेर राउत फरार भएका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए ।
राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालयको टोली उनलाई खोज्दै पुगेको थियो ।
उनी फरार भएपछि अख्तियारले उनका गाडी चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ र गाडीबाट फ्याँकेको ८ लाख रुपैयाँ पनि बरामद गरेको रिमालले जानकारी दिए ।
अनलाईनखबरबाट
१८ फाल्गुन २०७७, मंगलवार १३:१७ प्रकाशित