कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस समर्थक लोकतान्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निवार्चन अभियानलाई तिव्रता बनाएको छ । सो समूहले सोमबार कोहलपुर नगरपालिका वडा नं. १२ को चप्परगौंडी, रोहिणीखोला, वडा नं. १३ को खड्कवार क्षेत्रको व्यवसायीहरुसँगको भेटघाटमा ग्रामिण भेगका व्यवसायीहरुको समस्याहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाईएको छ ।
लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले ग्रामिण क्षेत्रका व्यापार व्यवसायी गर्दा आईपर्ने समस्याहरुलाई समाधान गर्नकालागि विशेष नीति लिई आफ्नो कार्यकाल काम गर्ने प्रतिवद्धता समेत व्यक्ति गरेका छन् । व्यवसायीहरुसँगको भेटघाटका अवसरमा कोहलपुर १२ स्थित रोहिणी खोलाका व्यवसायीहरुले जडान गरेको सडक बक्तिको व्यवस्थापनका लागि पहलगर्नुपर्ने माग राखेका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनीहरुले व्यवसायिक सुरक्षाका लागि सडक बत्ति स्थानिय व्यापारीहरुले नै गरेको बताउँदै सडक बक्तिको उचित व्यवस्थापन हुन नसकेको जानकारी गराएका थिए भने सो क्षेत्रको सडक बक्तिको व्यवस्थापनका लागि आफुहरुले सहजिकरण गरी सडक बत्तिमा देखिएको समस्यालाई सम्बन्धित निकायसँग सहकार्य गरी समाधान गर्ने वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप भट्टराईले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट महासचिव पदका उम्मेद्वार मात्रिका सापकोटाले साना तथा ठुला व्यवसायीहरुका लागि विभिन्न कार्ययोजना सहितकाम गर्ने भएकाले आफ्नो टिमलाई मतदान गरी बिजय गराउन आग्रह गरेका छन् । लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट कोषाध्यक्ष पदकी उम्मेद्वार सिता कार्कीले कोहलपुर उद्योग वाणिज्य संघको आर्थिक पारर्दिता कायम गर्न र व्यवसायीहरुलाई आवश्यक पर्ने विभिन्न तालिमहरुको आयोजना गरी व्यापार व्यवसायी गर्न सहज बनाउने व्यवसायीहरुका बिचमा प्रतिद्धता व्यक्त गरेकी छिन् । साथै उनले व्यवसायीहरुसँगको भेटमा विज्ञान प्रविधि व्यवसायिक कृषि तथा उद्योग वाणिज्य महासंघकसँगको सहकार्यलाई प्रगढ बनाउनका लागि पहल गर्ने बताएकी छिन् । सो समूहले आफ्नो निर्वाचन लक्षित अभियानलाई तिव्रता दिईरहेको छ ।
लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट अध्यक्षमा लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्यक्ष पदका लागि प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्षकालागि चण्डी प्रसाद गैरे, वाणिज्य तर्फको उपाध्यक्ष पदकालागि संगिता सुवेदी, महासचिव पदकालागि मात्रिका सापकोटा, उप-महासचिव पदका लागि दिपक बहादुर भण्डारी, कोषाध्यक्ष पदका लागि सिता कार्की, सह–कोषाध्यक्ष पदका लागि भरत खत्री रहेका छन् । त्यसैगरी खुल्ला सदस्य पदका लागि राकेश विष्ट, भुमिराज कंडेल, तेज बहादुर अधिकारी, होम बहादुर रावत, यादव राज बस्याल, यज्ञ प्रसाद सुवेदी , दिपक वली, नविन कुमार शाही, कल्याण केसी र चिरञ्जिवि चौधरी रहेका छन्भने , महिला सदस्यमा शर्मिला मल्ल र प्रवित्रा ढकाल र एशोसिएट सदस्यमा दिप नारायण श्रेष्ठ र वस्तुगत सदस्यमा किरण केसीले उम्मेद्वारी रहेको छ ।
१७ फाल्गुन २०७७, सोमबार १९:३७ प्रकाशित