१४ बैशाख २०८१, शुक्रबार
बोराभित्र भेटियो युवतीको शव, पहिचान हुन सकेन
  • काँचुली खबर

गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शवको पहिचान खुल्न नसकेको उनले बताए ।

सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको हो । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।

सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शवको पहिचान भने हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

  • १७ फाल्गुन २०७७, सोमबार १७:०८ प्रकाशित
  • Nabintech