कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा विष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेशी प्यानललाई विजयी गराउन राजनितिक दल एक भएका छन । आईतबार नेकपा (प्रचण्ड-नेपाल पक्ष), नेकपा (ओली पक्ष) र राष्ट्रिय जनमोर्चा बाँकेले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै साझा समाबेशी प्यानललाई विजयी गराउन अपिल गरेका हुन । यहि फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा खनाल नेतृत्वको साझा समाबेशी प्यानल र लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूह चुनावी मैदानमा होमिएका छन ।
तिन दलद्धारा आईतबार जारी गरीएको अपिलमा कोहलपुर क्षेत्रको उद्योग व्यवसायलाई संरक्षण र संर्वद्धन गर्न, कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न र लघु तथा घरेलु उद्योगहरुको प्रवद्र्धन गर्न समक्ष र जुझारु नेतृत्वको आवश्यकता बोध भएको उल्लेख गरीएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘सोही आवश्यकतालाई पुरा गर्न निजि क्षेत्रको अगुवा संस्था कोहलपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागी कोहलपुर उद्योग बाणिज्य संघ स्थापना देखि हालसम्म संस्थामा अनवरत रुपमा क्रियाशील बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी समुहका सम्पुर्ण उम्मेदवारलाई मतदान गरी बिजयी गराउन हामी हार्दिक अपिल गर्दछौ ।’ अपिलमा भनिएको छ ।

साथै अपिल मार्फत राजनितिक दल भित्र देखिएको विमतीलाई थाती राखेर चुनावमा सम्पुर्ण प्रगतीशिल व्यवसायीहरुलाई जिताउन आग्रह समेत गरीएको छ ।
१६ फाल्गुन २०७७, आईतवार १८:५८ प्रकाशित