प्रचण्डसँग पदको बार्गेनिङ गरेको आरोपमा गृहमन्त्रीका स्वकीय अधिकृत बर्खास्त
  • काँचुली खबर

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्वकीय अधिकृत वीरु तामाङलाई हटाएका छन् । गृहमन्त्रालयको सचिवालयमा बसेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहसँग पदको बार्गेनिङ गरेको आरोपमा बादलले तामाङलाई हटाएका हुन् ।

गृहमन्त्री बादलले सचिवालयमा बसेर प्रचण्डसँग पदको बार्गेनिङ गर्ने र युवा संघको एकता भाड्ने काम गरेको आरोप तामाङमाथि लगाएका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘सचिवालयमा बस्ने तर प्रचण्ड समूहसँग पदको बार्गेनिङ गर्ने’, बादल निकट स्रोतले भन्यो, ‘युवा संघको एकता भाँड्ने काम गरेको आरोप लागेपछि गृहमन्त्रीले उहाँलाई हटाउनु भएको हो ।’ तामाङमाथि युवा संघको एकता हुन नदिएको आरोपसमेत लागेको छ ।

पुस ५ गते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन् भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् । गृहमन्त्री बादल माओवादी जनयुद्धका सहयात्री प्रचण्डलाई छोडेर ओली समूहमा लागेका छन् ।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सुनाएपछि नेकपा विवाद अझ चर्को बन्दै गएको छ ।

  • १६ फाल्गुन २०७७, आईतवार १५:१० प्रकाशित
  • Nabintech