महिला हिंसा अन्त्यको माग गर्दै शनिबार बाँकेको कोहलपुरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समिति कोहलपुरले विरोध प्रदर्शन गरेको छ ।
राज्यले नै विभेद गरिरहेको अवस्थामा निर्मला पन्त, भागिरथी भट्ट र बाँकेकी नारि लगायत सयौं नारिहरुले न्याय नपाउनु ठुलो कुरा होईन तथापि अपराधिलाई यथासिघ्र कानुनी कार्वाहि गर्नुपर्ने राप्रपा जिल्ला सदस्य अर्जुन जंग शाहले जोडदार माग गरेका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आपराधिक घटना भएको यत्तिका दिन बित्दा समेत अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन असफल भएको भन्दै दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कोहलपुर नगर समिति अध्यक्ष लक्ष्मी कुमारी हमालले बताईन ।
केही समय अघि नेपालगन्ज उपमहानगरपालिका निवासी एक किशोरीको बलात्कारपछि निर्घात कुटपिट गरी हत्याको प्रयास समेत भएको र हालसम्म पनि अपराधी पत्ता लगाउन प्रशासन मौन रहेको प्रति राप्रपा जिल्ला प्रवक्ता श्रीधर सुवेदीले आक्रोश ब्यक्त गरे ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कोहलपुर नगर कार्य समितीकी अध्यक्ष लक्ष्मी कुमारी हमालको नेतृत्वमा कोहलपुरको एनसीसीएनबाट निस्किएको विरोध ¥याली इलाका प्रहरी कार्यालय हुँदै चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकाल, मिडिया नेपालका सुदुरपश्चिम सह-संयोजक पुरु दाहाल लगायत नगरका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
१६ फाल्गुन २०७७, आईतवार ०८:१५ प्रकाशित