१४ बैशाख २०८१, शुक्रबार
थोरै लगानीका व्यवसायको संरक्षण आवश्यक : लोकतान्त्रीक समूह
  • काँचुली खबर

बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहले शनिबार व्यवसायीहरुसँग भेटघाट गरेको छ । त्यसक्रममा थोरै लगानीमा संचालनमा आएका व्यवसायहरुको संरक्षण आवश्यका रहेको भन्दै साना तथा मझौला व्यवसायका पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरीएको छ ।

संघको फागुन २२ गते हुने निर्वाचन लक्षित व्यवसायीहरुसँग भेटघाटका क्रममा नेपाली काँग्रेस निकट लोकतान्त्रीक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुले कोहलपुर नगरपालिका वडा नं. ५ र ६ का व्यवसायीहरुसँग भेटघाट गरेका छन् । ‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतान्त्रीक समावेशी व्यवसायी समूहले शनिबार कोहलपुरको एनसिसिएन, बुद्धचोक, रझेना गाउँ लगायतका व्यवसायीहरुको घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

व्यवसायीहरुसँगको घरदैलो अभियानका क्रममा व्यवसायीहरुले विभिन्न करहरु तिर्नुपरेको भन्दै व्यवसायीहरुलाई विभिन्न कर तिर्न नपर्ने व्यवस्था गरी एकै किसिमको कर प्रणाली लागु गर्न र थोरै लगानीमा संचालनमा आएका व्यवसायहरुको संरक्षण गर्नका लागि विशेष नीति लिन सुझाव दिएका छन् ।

व्यवसायीहरुद्धारा व्यक्त गरेका सुझावहरुलाई आत्मासाथ गर्दै आफ्नो टिमले काम गर्ने लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले प्रतिवद्धता समेत व्यक्त गरेका छन् । साथै उनले करै करको मारले थलिएका व्यवसायीहरुलाई दोहोरो तेहेरो करबाट मुक्ति दिलाउनका साथै वैज्ञानिक आधारको कर नीति खोजिका लागि काम गर्ने व्यवसायीहरुका बिचमा प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सो घरदैलो अभियानका क्रममा थेरै लगानीमा सञ्चालनमा आएका व्यवसायीहरुको दिर्घकालिन समस्या समाधान गर्नका लागि आफ्नो टिमले विशेष नीति लिई कार्यन्वयनमा ल्याउने लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप भट्टराईले बताएका छन् । साथै उनले कोभिड–१९ तथा प्राकृतिक विपत्तिबाट प्रभावित रहेका व्यवसायीहरुको व्यवसाय पुर्नउत्थानका लागि विशेष राहतको प्याकेज ल्याई विभिन्न कार्यक्रमहरु ल्याउने बताएका छन् ।

व्यवसायिक भेटघाटका क्रममा लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट वाणिज्य तर्फको उपाध्यक्ष पदकी उम्मेद्वार संगिता सुवेदीले साना तथा मझौला लद्यु उद्यमका यूवा तथा महिलाहरुको सक्रिय एवं लगानीको वातावरण सृजनाका लागि अफ्नो टिमले काम गर्ने प्रतिवद्धता व्यक्त गर्दैै लोकतान्त्रीक समावेशी व्यवसायी समूहका उम्मेद्वारहरुलाई मतदान गरी बिजय गराईदिन अनुरोध समेत गरेकी छिन् । लोकतान्त्री समूहले संघको निर्वाचन लक्षित व्यवसायीहरुसँगको भेटघाटलाई तिव्रता दिईरहेको छ ।

  • १५ फाल्गुन २०७७, शनिबार १९:१८ प्रकाशित
  • Nabintech