८ बैशाख २०८१, शनिबार
पत्रकार महासंघलाई साझा संस्था बनाऔँ : आचार्य
  • काँचुली खबर

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय भवनको पोखरामा उद्घाटन गदै अध्यक्ष आचार्यले महासंघको गरिमा र प्रतिष्ठालाई जोगाउनका लागि साझा संस्थाका रुपमा अगाडी बढाउनु पर्ने बताएका हुन् ।

‘महासंघ साझा संस्था हो । यसमा कुनै एक पक्षको मात्र बाहुल्यता हुनुहुँदैन,’ उनले भने, ‘यसमा महत्व र गरिमा कायम गर्नका लागि साझा ढंगले सवैलाई समेटेर अगाडी बढ्नुपर्दछ ।’ अध्यक्ष आचार्यले पत्रकार महासंघमा सबैलाई अटाउने गरी नेतृत्व चयन गरेर साझा बनाउनु पर्ने बताए । ‘पत्रकार महासंघमा आउनेहरूले साझा भुमिका खेल्नुपर्छ । संस्थामा आएपछि राजनीतिक विचार र आस्थाका आधारमा नभई स्वतन्त्र रुपमा काम गर्ने सोच राख्नुपर्छ,’ उनले भने, ‘महासंघ साझा चरित्रको बनाउने गरी केन्द्रीय समिती तीनै तहको निर्वाचनको तयारीमा लागेको छ ।’

उनले निर्वाचन सफल पार्न सबैलाई आग्रह समेत गरे । आगामी चैत १६ गते महासंघको स्थापना दिवसको अवसरमा तीन तहमा निर्वाचित हुने पदाधिकारीको पदस्थापन गर्ने गरी निर्वाचन प्रक्रिया अगाडी बढाइएको अध्यक्ष आचार्यले बताए ।

गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले देश संघीय संरचनामा गएपछि त्यसको कार्यान्वयन गदै महासंघ अगाडी बढेको बताए । उनले संघीयताको कार्यान्वयनका चरणमा संस्थामा जिम्मेवारी दिएर कार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

गण्डकी प्रदेश सरकार कानून मन्त्रालयको १५ लाख, सांसद विद्या भट्टराई पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको १० लाख र कार्यसमितिका पदाधिकारी तथा सदस्यबाट रकम संकलन गरेर करिव ३५ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

  • १४ फाल्गुन २०७७, शुक्रबार २१:२४ प्रकाशित
  • Nabintech