१३ बैशाख २०८१, बिहीबार
ब्यापारीहरुको समर्थन जुटाउँदै साझा समावेसी प्यानल
  • काँचुली खबर

फागुन २२ गते हुन गईरहेको कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनका लागि बिष्णु खनाल नेतृत्वको साझा समावेसी प्यानललाई कोहलपुर ११ को दश बिगाह र बसपार्क क्षेत्रका व्यवसायीले सर्मथन गरेका छन । सो समुहले मंगलवार गरेको व्यापारीसँगको भेटघाट कार्यक्रममा बसपार्क सुधार समिती अध्यक्ष युवराज भण्डारीले आफुहरुको सर्मथन खनाल नेतृत्वको प्यानललाई रहेको बताए ।

१० बिगाह र बसपार्क क्षेत्रका व्यवसायीका समस्याहरु बारे सुझाव समेत संकलन गरीएको महासचिव पदका उम्मेदवार नबिन खड्काले जानकारी दिए । सो क्रममा बसपार्क क्षेत्रमा प्रहरी प्रशासनले बिभिन्न वहानामा दुख दिने गरेको भन्दै सो समस्या समाधानका लागी पहल गरिदीन आग्रह गरिएको र आफुहरुले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको महासचिवका उम्मेदवार खड्काले जानकारी दिए ।

वणिज्य तर्फका उपाध्यक्ष बलराम देवकोटाले कोहलपुर क्षेत्रको समग्र उद्योग व्यवसायलाई प्रबद्र्धन गर्न व्यवसायीक संस्था उद्योग बाणिज्य संघले नेतृत्व लिन सुझाव आएको जानकारी दिए । सिमा बजार रुपैडिहाका कारण समस्यामा परेको कोहलपुरको व्यवसाय प्रबद्धनका लागी पहल लिन सुझाव आएको देवकोटाले जानकारी दिए ।

अध्यक्ष पदका उम्मेदवार बिष्णु खनालले आफुहरुले व्यवसायीको सुझाव अनुसार पारदर्शि तरिकाले काम गर्ने प्रतिबद्धता जनाएको बताएका छन । उनले व्यवसायीक हित र अधिकारका लागी व्यवसायीक एकता भन्ने मुल नारकाका साथ आफुहरु चुनावमा होमिएको बताए ।

व्यवसायीक भेटघाट कार्यक्रममा होटल व्यवसायी संघका पुर्व अध्यक्ष बलराम भट्टराई बसपार्क सुधार समितीका पुर्व अध्यक्ष, कृण्ण रानाभाट, कोहलपुरका अगुवा व्यवसायी लिला बल्लभ तिवारी, नेपाल उद्योग बाणिज्य महासघका प्रदेश सदस्य नरेन्द्र प्रसाद शर्मा पौडेल, होटल व्यवासयी संघ बाँकेका अध्यक्ष एक नारायण चापागाई लगायत अगुवा व्यवासयीको सहभागिता रहेको थियो ।

  • १२ फाल्गुन २०७७, बुधबार २१:४४ प्रकाशित
  • Nabintech