कोहलपुर उद्योग वाणिज्य संघको यहि फागुन २२ गते हुने निर्वाचनका लागि लोकतन्त्रीक समावेशी व्यवासयी समूहले व्यवसायीहरुसँग भेटघाट गरेको छ । ‘व्यवसायिक एकता, हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्वको लोकतन्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत व्यवसायीहरुसँग भेटघाट गरेको हो ।
कोहलपुर नगरपालिका वडा नं. १४ को चौधरीया, गोहवा, चन्नाहवा, रंगिला चोक, चौधरीय गाउँ र मदनचोकका व्यवसायीहरुसँग भेटघाट गरिएको लोकतन्त्रीक समावेशी व्यवसायी समूहबाट कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले बताएका छन् । साथै उनले व्यवसायीहरुसँग आफ्ना एजेण्डाहरु प्रस्तुत गरी निर्वाचनमा बिजय गराउन आग्रह गरिएको बताउँदै आम व्यवसायीहरुले मतदान गरी लोकतन्त्रीक समावेशी व्यवसायी समूहलाई बिजय गराउने प्रतिवद्धता जनाएका छन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यसका साथै व्यवसायीहरुलाई सशक्त एवं सुदृढ गराउन पेशागत तथा विषयगत संघ, संस्थाहरुबीच आपसी सहकार्यका लागि आफ्नो समूह प्रतिवद्ध भएर लाग्ने वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रदिप भट्टराईले बताएका छन् । साथै आफुहरुले व्यवसायिक हक र हितका लागि विशेष नीति लिने बताउँदै कोरोना भाईरस पछिको व्यवसायिक अवस्थालाई मध्येनजर गरि विशेष काम गर्ने व्यवसायिहरुसँग प्रतिवद्धता जनाएका छन् । भेटघाटका क्रममा व्यवसायीहरुसँग भोट माग्दै साना तथा मझौला लद्यु उद्यममा यूवा तथा महिलाहरुको सक्रिय एवं लगानीको वातावराण सृजना गर्ने लक्ष्य लिईएको महासचिव पदका उम्मेद्वार मात्रिका सापकोटाले बताएका छन् ।
लोकतन्त्रीक राज्य व्यवस्थामा खुल्ला रुपमा व्यापार व्यवसाय गर्न पाउने भएकाले लोकतन्त्रधर पक्षलाई मतदान गरि बिजय गराउन लोकतन्त्रीक समावेशी व्यवसायी समूहले मतदाता व्यवसायीहरुलाई अनुरोध गरेको छ । सो भेटघाटका क्रममा कतिपय व्यवसायीहरुले साना तथा खुद्रा व्यवसाय गर्नेहरुमा कोरोना भाईरसको महामारी पछि जटिल अवस्था आईपरेको भन्दै घरभाडा लगायत अन्य करहरुका बारेमा पहल गर्न सुझाव दिएका छन् भने ती व्यवसायीहरुका मागहरुलाई आफ्नो समूहले गम्भिर रुपमा आत्मासाथ गर्दै समस्या समाधानका लागि विशेष नीति लिने उद्योग तर्फका उपाध्यक्ष पदका उम्मेद्वार चण्डी प्रसाद गैरेले बताएका छन् । लोकतन्त्रीक समावेशी व्यवसायी समूहले निर्वाचिन लक्षित भेटघाटलाई तिव्रता दिईरहेको छ ।
१२ फाल्गुन २०७७, बुधबार २१:२४ प्रकाशित