१५ चैत्र २०८०, बिहीबार
ओलीले बोलाए आफु पक्षिय स्थायी कमिटीको बैठक
  • काँचुली खबर

प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाएका हुन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।

ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना स्थायी समिति सदस्यहरु छन् ।

  • १२ फाल्गुन २०७७, बुधबार ०८:३३ प्रकाशित
  • Nabintech