१६ चैत्र २०८०, शुक्रबार
संसद पुनर्स्थापनाको खुसीयालीमा दिप प्रज्वलन
  • काँचुली खबर

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेको खुसीयालीमा बाँकेको कोहलपुरमा दिप प्रज्वलन गरीएको छ । नेकपा कोहलपुर नगर कमिटिको अगुवाईमा मंगलबार बेलुका कोहलपुर चौराहमा दिप प्रज्वलन गरीएको हो ।
दिप प्रज्वलन कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व उपसभामुख पुर्ण सुवेदी, बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकका साथै नेकपाका युवा नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
दिप प्रज्वलनमा सहभागी नेताहरुले सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको रक्षा गरेको बताएका थिए । उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदमका बिरुद्ध न्यायालयले उचित फैसला सुनाएको भन्दै खुसी ब्यक्त गरेका थिए ।
यसैबिच बाँकेको कोहलपुरका अलावा बैजनाथ, नेपालगन्ज र खजुरा क्षेत्रमा समेत दिप प्रज्वलन गरिएको छ ।

  • ११ फाल्गुन २०७७, मंगलवार २१:४८ प्रकाशित
  • Nabintech