१२ बैशाख २०८१, बुधबार
मगन्तालाई सूचीकृत गर्न सिफारिस गर्ने प्रतिवद्धता
  • काँचुली खबर

राष्ट्रिय मधेसी आयोगका सदस्य विजय गुप्ताले बाँकेमा बसोबास गर्दै आएका मगन्ता समुदायलाई सूचीकृत गर्न सिपारीस गर्ने प्रतिवद्धता जनाएका छन । गुप्ताले अल्पसंख्यक समुदायका रुपमा रहेका मगन्तालाई सूचीकृत गर्न सरकारलाई सिफारिस गर्ने प्रतिवद्धता जनाएका हुन् ।

अन्य अल्पसंख्यक, सीमान्तकृत समुदाय सूचीकृत भए पनि मगन्ता समुदाय अझैँ सूचिकरणमा नपर्नु विडम्बना भएको बताउँदै उनले सूचीकृतका लागि छिट्टै सिफारिस गर्ने आश्वासन दिए ।

आयोगको सदस्य भए बापत राज्यबाट पाएको सेवा, सुविधाले खरिद गरेको सामग्री डुडुवा गाउँपालिका-६, मगन्ता टोलका सर्वसाधारणलाई प्रदान गर्दै उनले राज्यबाट पाउने एक रुपैँया पनि ब्यक्तिगत हितमा खर्च नगर्ने बताए । उनले पहिलो महिनाको रकमबाट मगन्ता टोलका एक सय २५ परिवारलाई प्लाष्टिकको एक-एक थान बाल्टी, मग र झुल प्रदान गरेका छन् ।

उनले आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

  • ११ फाल्गुन २०७७, मंगलवार १८:०२ प्रकाशित
  • Nabintech