स्थानीयहरुको बिरोधका बीच बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ ।
स्थानीयहरुको चर्को नाराबाजिका बीच संघिय सरकारका उद्योगमन्त्री लेखराज भट्ट र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले भूमिपुजन गरेर औद्योगिक क्षेत्रको मंगलबार शिलान्यास गरेका हुन् ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
औद्योगिक क्षेत्रमा पर्ने बस्तीको व्यवस्थापन नगरी शिलान्यास गर्ने लागिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् ।
शिलान्यास कार्यक्रमको शुरक्षार्थ स्थानीय प्रशासनले ठूलो संख्यामा सशस्त्र र जनपथ प्रहरी परिचालन गरेको थियो । सुरक्षाकर्मीको कडा सुरक्षा घेरामा औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । यद्यपी शिलान्यास स्थलमै स्थानीयहरुले चर्को स्वरमा सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

नाराबाजीमा उत्रिएका स्थानीयहरु मञ्चतर्फ जान थालेपछि सुरक्षाकर्मीसँग सामान्य झडप समेत भएको थियो । कार्यक्रमको सुरक्षाको लागि ५ सय बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर वस्नेतले ३३८ विघामा औद्योगिक क्षेत्र निर्माणका लागि सम्पूर्ण प्रक्रिया पुरा भई शिलान्यास भएको जानकारी दिए । परियोजनाभित्र २५९ घर रहेका छन् ।

११ फाल्गुन २०७७, मंगलवार १७:०३ प्रकाशित