१५ बैशाख २०८१, शनिबार
मौलीक हक प्राप्तीकालागि सडकमा धर्ना
  • काँचुली खबर

कोहलपुर ११ को शान्ति नगरकी बिमला परियार बिगत ३ दिन देखि कोहलपुर नगरपालिकामा धर्नामा छिन । परियार मात्रै होईन कोहलपुर ११ शान्तिनगरका भण्डै ७ सय घर परिवार बिमला जस्तै धर्नामा बसेका छन । शान्तिनगरवासीहरु राज्यले पुरा गर्न नसक्ने कुनै माग लिएर धर्नामा बसेका होईनन् । उनिहरु संबिधानमा मौलीक हकका रुपमा कायम रहेको व्यक्तिगत घटना दर्ता अर्थात बसाई सराई दर्ता गरिदिन माग गर्दै धर्नामा बसेका हुन ।

कोहलपुर ११ शान्तिनगरमा २०५६ साल देखि आफुहरु बसोवास गर्दै आएको भएपनि कोहलपुर नगरपालिकाले आफुहरुको बसाई सराई दर्ता नगरिदिएको शान्तीनगरवासीको गुनासो छ ।

अव्यवस्थित भुमिहीन तथा सुकुम्वासी समिती कोहलपुर ११ बाँकेका अध्यक्ष जिवन थापा मगरले सर्बेच्च अदालतले समेत बसाई सराई दर्ता गरिदिन निर्देशन दिएको भएपनि स्थानिय सरकारले अटेरी गरेको बताए । उनले बसाई सराई नहुदा आफुहरु भुमिहीनको लागत संकलन फारम समेत भर्न नपाएको बताए ।

दैनिक ज्यालादारी मजदुरी गरेर जिबिको पार्जन गर्दै आएको सो बस्तीका भुमिहीन तथा सुकुम्वासीहरु धर्नामा बसेको भएपनि कोहलपुर नगर सरकार र वडा सरकार भने कानमा तेल हालेर बसेको छ ।

कोहलपुर नगरपालिकाका कारण स्थानिय स्तरमा बनेको भुमि समस्या समाधान आयोगमा फारम भर्न नपाएको संघर्ष समितीका संयोजक तिलक सिजापतीले बताए । उनिहरुले कोहलपुर नगरपालिकाले वास्तबिक भुमिहिन र दलितलाई पाखा लगाउन बसाई सराई दर्ता नगरिएको उनिहरुको भनाई छ ।

संघर्ष समितीका संयोजक तिलक सिजापतीले आफुहरुको बसाई सराई दर्ता गरेर भुमिहिनको लगत संकलन कार्यमा सहभागि नगराउदासम्म अन्दोलन जारी रहने बताए । कोहलपुर नगरपालिका र ११ नं. वडा कार्यालयमा संयुक्त रुपमा धर्ना दिदैं आएका शान्तिनगरवासीले माग पुरा नभएसम्म धर्ना जारी रहने बताएका छन ।

  • ११ फाल्गुन २०७७, मंगलवार १६:४८ प्रकाशित
  • Nabintech