१९ बैशाख २०८१, बुधबार
‘पिके’ को सिक्वेलमा रनवीर कपुर !
  • काँचुली खबर

बलिउड फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ । सन् २०१४ को चर्चित फिल्म ‘पिके’को सिक्वेल बन्ने तयारी भइरहेको फिल्मका निर्माता विधु विनोद चोपडाले भारतीय अखबार पिंकभिल्लालाई जानकारी गराएका हुन् ।

६ वर्षअघि सार्वजनिक पिकेमा अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्माले अभिनय रहेको थियो । फिल्ममा आमिर ‘एलियन’को भूमिकामा थिए । यसको सिक्वेलमा भने अभिनेता रनवीर कपुर मुख्य भूमिकामा देखिने बताइएको छ ।

पिकेको अन्त्यमा ‘एलियन’ आमिर जुन ग्रहबाट आएका थिए, त्यहीँ फर्केको देखाइएको थियो । सोही बेला रनवीर कपुर नयाँ ‘एलियन’ पृथ्वीमा झरेको देखाइएको थियो । अब बन्ने सिक्वेलमा रनवीरको कथा समेट्ने निर्माता विधु विनोदले बताएका छन् । यद्यपि उनका अनुसार पटकथा लेखक अभिजित जोशीले अझैसम्म पटकथा लेखेका भने छैनन् ।

दिवंगत अभिनेता सुशान्तसिंह राजपुत, बोमन इरानी र संजय दत्तको पनि अभिनय रहेको ‘पिके’ का निर्देशक राजकुमार हिरानी हुन् ।

  • ११ फाल्गुन २०७७, मंगलवार १६:११ प्रकाशित
  • Nabintech