१३ बैशाख २०८१, बिहीबार
जवान देखिन भात खाँदैनन् ‘महानायक’
  • काँचुली खबर

केही वर्ष अगाडि नायक राजेश हमालको एउटा बिषय निकै चर्चामा थियो । त्यो के भने, हमालले ‘भात’ खादैनन् । नायक हमाल आफैले आफूले ‘भात’ नखाने बताएका थिए । छायांकन सेटमा पनि हमाल खाना भन्दा पनि फलफूल बढी खाने गर्दथे ।

उनै, राजेश हमाल आफूलाई फिट देखाउनका लागि दैनिक व्यायम गर्ने गर्छन् । यसैले पनि ५० वर्ष भन्दा माथिको उमेरमा पुगिसक्दा पनि हमाललाई लिएर दर्शकको उत्साह उस्तै छ । लगानीकर्ताको आशा कम भएको छैन ।

नायक हमाल पनि आफूलाई फिट राख्न कहिले पछि पर्दैनन् । उनी बेला-बेलामा भन्ने गर्छन् कि, ‘राजेश हमाल पनि कहिले बुढो हुन्छ र ?’ हमालको यो कुराले पनि उनको फिटनेशनको बारेमा वुझ्न सकिन्छ । उनै, राजेशले सामाजिक संजालमा केही तस्वीर पोष्ट गर्दै आफ्नै जवानीलाई सलाम भनेर लेखेका छन् ।

चलचित्र ‘सत्यम्’ को तयारीमा रहेका हमालले लेखेका छन्, ‘जवानीलाई मेरो सलाम’ । हमालको यो लेखाइले पनि के वुझ्न सकिन्छ भने, उनको जोशमा कुनै कमी आएको छैन । ४ वर्षपछि ठूलो पर्दामा फर्किन लागेका हमालको क्रेज र जोश ‘सत्यम्’ मा कस्तो देखिने हो, यो भने प्रतिक्षा गर्नैपर्छ ।

  • ११ फाल्गुन २०७७, मंगलवार १५:०१ प्रकाशित
  • Nabintech