७ बैशाख २०८१, शुक्रबार
भारु १० लाखसहित जफ्फारावादका खान पक्राउ
  • काँचुली खबर

अबैध भारतीय रुपौयाँसहित नेपालगन्जबाट एक भारतीय नागरीक पक्राउ परेका छन । १० लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक मुनवर खानलाई पक्रउा गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।

सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रानाले भारतको उत्तर पूर्वी दिल्ली जफ्फारावादका ५४ वर्षका खान नेपालगन्जस्थित भन्सार चेक प्वाइन्टबाट पक्राउ गरीएको जानकारी दिए । पक्राउ परेका खान तामा पितलको धुलो खरिद विक्री गर्ने व्यपारी रहेको प्रहरीले जनाएको छ ।

भारतबाट पैदल आउँदै गरेका उनले बोकेका २ वटा झोलाबाट २ हजारका ३ वटा र पाँच सयका एक हजार नौ सय ८८ वटा भारतीय रुपैयाँ बरामद गरीएको हो । विदेशी विनिमय ऐन २०१९ अनुसार यसरी बरामद गरिएको रकम जफद गरी १० लाखदेखि ३० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

  • १० फाल्गुन २०७७, सोमबार १५:४४ प्रकाशित
  • Nabintech