७ बैशाख २०८१, शुक्रबार
चितुवाको छालासहित कुशुमबाट तिन जना पक्राउ
  • काँचुली खबर

चितुवाको छाला तस्करी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको अबैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको कुशुमबाट तिन जनालाई पक्राउ गरेको हो ।

बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अबैध रुपमा ओसारपोसार भईरहेको सूचना पाएको प्रहरीले चेकजाँचमा कडाई गरेको थियो । कुशुम स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेका ब्यक्तिहरुलाई खानतलासी गर्ने क्रममा चितुवाको छाला सहितको झोला बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका ३ बस्ने जित बहादुर डिसी, कुमाख गाउँपालिका ७ बस्ने कमल डिसी र सोही ठाँउका हिमेन्द्र वली रहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिएका छन । एसपी रानाका अनुसार खानतलासीका क्रममा जितबहादुरले बोकेको कालो रंगको झोला भित्र दुई थान बाघको छाला बरामद गरीएको हो ।

प्रारम्भीक अनुसन्धानबाट पक्राउ गरिएकाहरु बन्यजन्तुका छाला तथा अंग खरिद विक्री गर्ने कारोबारी रहेको खुलेको रानाले बताएका छन । एसपी रानाका अनुसार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम उनिहरुलाई १ लाख देखी २५ लाखसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

  • १० फाल्गुन २०७७, सोमबार १५:२५ प्रकाशित
  • Nabintech