१३ बैशाख २०८१, बिहीबार
आयोगको सदस्य पद नलिने महताको घोषण
  • काँचुली खबर

कैलालीका बलबहादुर महताले सरकारले गठन गरेको भूमि व्यवस्थापन आयोगको सदस्य पद अस्वीकार गरेका छन् । उनले आइतबार विज्ञप्ति निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत किसिमले गठन गरेको आयोगमा आफूलाई सदस्यको रुपमा राख्ने निर्णय गरेको भन्दै आफूले त्यसलाई अस्वीकार गरेको बताएका छन् ।

‘लोकतन्त्र, राष्ट्रिय एकता र पार्टी एकतालाई बलियो बनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन मार्फत प्राप्त गरेको जनमतको देश र जनताको हितमा सदुपयोग गर्नुको साटो प्रतिनिधिसभा विघटन गर्ने एवं पार्टी नै विभाजित गर्ने जस्तो कार्य गर्ने प्रधानमन्त्री रहनुभएको कामचलाउ सरकारले गरेको उक्त निर्णय अस्वीकार्य रहेको कुरामा म पुनः जोड दिन चाहन्छु’ उनले विज्ञप्तिमा भनेका छन् ।

महता नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् । उनले प्रधानमन्त्रीले गरेको संसद विटनको विरोध गरेका छन् ।

  • ९ फाल्गुन २०७७, आईतवार १३:२८ प्रकाशित
  • Nabintech