प्रेस संगठन बाँकेको सह-संयोजकमा आचार्य
  • काँचुली खबर

प्रेस संगठन बाँकेको सह-संयोजकमा राजेश आचार्य चयन भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न भेलाले संगठन विस्तार गर्दै सह-संयोजकमा आचार्यलाई चयन गरेको हो । त्यसैगरी भेलाले ३७ जनालाई संगठनको जिल्ला सदस्यमा मनोनित गरेको छ । शनिबार नयाँ पदाधिकारी चयन भएसँगै प्रेस संगठन बाँकेले पूर्णता पाएको छ ।

डक्ट प्रसाद धिताल नेतृत्वको संगठनका सहसंयोजक हेमन्त विक अर्कै संगठनमा आवद्ध भएपछि उनको स्थानमा आचार्यलाई नियुक्त गरीएको हो । त्यसैगरी संगठनको जिल्ला कार्यसमिति सदस्यमा बाँकेका विभिन्न संचारमाध्यममा कार्यरत ३७ जना पत्रकारलाई मनोनित गरीएको संगठनका नवनियुक्त सहसंयोजक आचार्यले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मनोनित भएका सदस्यहरुलाई फागुन १५ गते एक कार्यक्रमका बीच सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धितालको संयोजकत्वमा भएको कार्यक्रममा नेकपाका नेता एवं संबिधान सभा सदस्य दल बहादुर सुनार, नेकपा नेतृ एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी (नमुना), नेकपा बाँकेका सचिव अशोक कोइराला, नेकपा लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने, अग्रज पत्रकार भिम रावत, शिव सुनार तथा प्रेस संगठनका नेताहरुले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सांसद पुर्नस्थापनाकालागि आ-आफ्नो स्थानबाट दवाव दिनुपर्ने बताएका थिए । संचार क्षेत्रको माध्यमबाट वर्तमान सरकारले चालेको असंवैधानिक र प्रतिगामी कदमको बिरोध गर्न समेत वक्ताहरुले आग्रह गरेका थिए ।

  • ८ फाल्गुन २०७७, शनिबार १७:३९ प्रकाशित
  • Nabintech