स्वकीय सचिवको झगडालाई इसु बनाईयो : परियार
  • काँचुली खबर

निवर्तमान प्रदेश प्रमुख तिलक परियारले स्वकीय सचिवसँगको झगडाका कारण आफुलाई हटाइएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले उनलाई बर्खास्त गरेर त्यो ठाउँमा रौतहटका राजेश झालाई नियुक्त गरेपछि परियारले उक्त प्रतिकृया दिएका हुन् ।

उनले भने, ‘स्वकीय सचिवसँग कसैसँग कुनै झगडा भयो भने त्यसलाई इसु बनाएर मलाई हटाउन मिल्दैन, तर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले त्यसको इसु बनाएर मलाई हटाएका छन् ।’ आफूले अहिलेको वर्तमान राजनीतिक परिस्थितिमा कतै केही नबोलेको बताउँदै उनले कसैसँग सम्पर्क समेत नभएको बताए । तर एकजना स्वकीय सचिवसँग भएको झगडालाई लिएर आफूलाई हटाएको उनले गुनासो गरे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र निवर्तमान प्रदेश प्रमुख परियारका स्वकीय सचिव अनिल पासवानबीचको गाली गलौजको फोन रेकर्ड बाहिर आएको थियो । त्यसैलाई इसु बनाएर प्रधानमन्त्री ओलीले प्रमुखबाट परियारलाई हटाएको चर्चा चलिरहेको छ ।

आफू प्रदेश प्रमुख भएर संघीय सरकारलाई सहयोग पुग्ने गरी नै काम गरिरहेको र संघीय सरकारलाई असहयोग हुने कुनै पनि काम नगरेको दावी गर्दै परियारले आफूलाई बर्खास्त गरेको कुरा सञ्चारमाध्यममा आएपछि मात्र थाहा पाएको बताए ।

  • ७ फाल्गुन २०७७, शुक्रबार १८:५७ प्रकाशित
  • Nabintech