भोली (शनिबार) प्रेस संगठन बाँकेको जिल्ला भेला हुने भएको छ । गत सोमबार नेपालगन्जमा भएको जिल्ला कार्यसमितिको बैठकले जिल्ला भेला गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोली शनिबार स्वस्तिक कटेजमा भेलाको आयोजना गरीएको प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धितालले जानकारी दिए ।
नेकपामा विवाद देखिएसँगै पार्टीमा आस्थावान पत्रकारहरुको संगठनमा समेत ध्रुबिकरण देखिएको थियो । केही दिन पहिले नेकपा ओली समुहका नेता केपी शर्मा ओली पक्षधर पत्रकारहरुले बाँकेमा छुट्टै कमिटि विस्तार गरेका थिए भने डक्ट प्रसाद धितालले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनै धितालले नेतृत्व गरेको प्रेस संगठनले भोली जिल्ला भेला बोलाएको हो । भोली हुने भेला नै आधिकारीक भएकाले संगठनमा आस्थावान सम्पूर्ण सदस्यहरुलाई उपस्थित हुन आह्वान गरीएको संयोजक धितालले जानकारी दिए ।
मध्यान्ह १२ बजेबाट सुरु हुने भेलामा संगठनको केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु सहभागी हुने बताईएको छ ।

७ फाल्गुन २०७७, शुक्रबार १६:४२ प्रकाशित