१४ बैशाख २०८१, शुक्रबार
नेता शर्माको पहलमा गम्भीर घाइतेको उद्धार, उपचारकालागि कोहलपुर ल्याईयो
  • काँचुली खबर

रुखबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी एक महिलाको उद्धार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय नेता पुर्व उर्जा तथा गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) को पहलमा घाईतेको उद्धार गरिएको हो ।

रुखबाट लडेर गम्भीर घाईते भएकी रुकुम सानोभेरी गाउपालिका वडा नं. ९ निवासी गंगा डाँगीलाई उद्धार गरी उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याईएको छ । जंगलमा घाँस-दाउरा गर्न गएको बेला रुखबाट खसेर बेहोस भएकी डाँगीलाई नेता शर्माको पहलमा तारा एयरको विमान चार्टर गरि कोहलपुर ल्याईएको हो ।

घाइते डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचार भईहेको छ ।

  • ३ फाल्गुन २०७७, सोमबार २१:५४ प्रकाशित
  • Nabintech