११ बैशाख २०८१, मंगलवार
जनप्रतिनिधि, पत्रकार र कर्मचारीले कोरोना खोप लगाउँदै
  • काँचुली खबर

आईतबारदेखी पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो अभियान अन्तर्गत आजबाट जनप्रतिनिधि , कर्मचारी र पत्रकारलाई खोप लगाउने अभियान सुरु गरेको हो ।

आगामी फागुन ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका ब्यक्तिहरुलाई खोप लगाउने बताईएको छ । जसअन्तर्गत सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र पत्रकारलाई खोप लगाउन सुरु गरीएको हो ।

अभियान अन्तर्गत बाँकेमा पनि खोप आईतबार बिहानैदेखी खोप लगाउन सुरु गरीएको छ । भेरी अस्पताल नेपालगन्ज र मेडिकल कलेज कोहलपुरमा खोप केन्द्र स्थापना गरेर लक्षित वर्गलाई खोप लगाउने काम भइरहेको छ । दुबै खोप केन्द्रमा बिहान १० देखी बेलुका ५ बजेसम्म खोप लगाउन सकिने बतार्ईएको छ ।

  • २ फाल्गुन २०७७, आईतवार १५:३८ प्रकाशित
  • Nabintech