जनयुद्ध दिवसको अवसरमा कोहलपुरमा दिप प्रज्वलन

२६औं जनयुद्ध दिवसका अवसरमा बाँकेको कोहलपुरमा दिप प्रज्वलन गरीएको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू बाँकेको संयुक्त आयोजनामा स्थानिय न्यूरोड चोकमा दिप प्रज्वलन गरीएको हो । दिप प्रज्वलन कार्यक्रममा नेकपाका प्रदेश, जिल्ला र स्थानियस्तरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

नेकपाको प्रचण्ड-नेपाल समुहले फागुन १ गते देशभरी विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । सोही क्रममा बाँकेको कोहलपुरमा समेत दिप प्रज्वलन गरीएको हो ।