‘पर्सि सिंहदरबारबाट बोल्नेछु’ : ओली
  • काँचुली खबर

k|daf6 lghfdtL lbj;df ;Daf]wg kGw|f}F lghfdtL ;]jf lbj;sf cj;/df d"n ;df/f]x ;ldltn] z'qmaf/ l;+xb/af/df cfof]hgf u/]sf] sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M k|bLk/fh jGt, /f;;

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकास निर्माणबारे मंगलबार सिंहदरवारबाट बताउने बताएका छन् ।

समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका विकासका काम देखेर विरोधी आत्तिएको बताउँदै मोटामोटी कामहरू भन्ने बताएका छन् ।

‘मैले दोस्रो पटक प्रधानमन्त्रीको पद ग्रहण गरेको तेस्रो वर्ष पुरा भएको सन्दर्भमा पर्सी फागुन ३ गते प्रेस कन्फरेन्स गर्दै छु । सबै भन्न त भ्याइँदैन, केही मोटामोटी रूपमा महत्त्वपूर्ण कुरा यसभित्र सामेल गर्नेछु, पर्सि त्यस विषयमा बोल्नेछु ।’

साथीहरूले घरघरबाट, मोबाइलबाट फेसबुकबाट हेर्न सक्नुहुनेछ ।

सरकारले विकासका काम धेरै गरेका कारण विरोधीहरू आत्तिएको उनको दाबी थियो । अरू डेढ-दुई वर्ष सरकार चल्यो भने चुनावमा जाँदा अरूका बाकस रित्तै र खाली नेकपा बाकस मात्रै भरिन्छ भन्ने डर देखिएकोले देशी, विदेशी, प्रतिक्रियावादी शक्ति कामसँग डराएको उनले बताए ।

  • १ फाल्गुन २०७७, शनिबार १९:०७ प्रकाशित
  • Nabintech