७ बैशाख २०८१, शुक्रबार
मैत्रीपुर्ण फुटबलमा नेकपाको टिम बिजयी
  • काँचुली खबर

२६औं जनयुद्ध दिवसको अवसरमा नेकपा कोहलपुरको आयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको छ । नेकपा कोहलपुर कमिटी र युवा विद्यार्थी बिच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा नेकपाको टिम बिजयी भएको छ । कौशिल्यानगरको फुटबल मैदानमा भएको खेलमा २ का बिरुद्ध ३ गोल गर्दै नेकपाको टिम बिजयी भएको हो ।

फुटवल प्रतियोगिता उद्धघाटन कार्यक्रममा बोल्दै नेकपाका नेताहरुले जनयुद्धले स्थापित गरेका एजेडा उपर गिद्धे नजर नलगाउन चेतावनी दिएका थिए । उनिहरुले संबिधान सभाबाट बनेको संबिधान, संघियना धर्म निरपेक्षता समावेशी लोकतन्त्र माथि प्रहर भए जस्तो सुकै बलिदानका लागि तयार रहेको बताएका थिए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश्वर गहतराज अथक, नेकपा बाँके सचिव अशोक कोईराला, युवा नेता नरेन्द्र न्यौपाने लगायतले बोलेका थिए । महान जनयुद्धको अवसरमा नेकपाले पालिका स्तरमा बिभिन्न गतिबिधी गरेको नेकपा जिल्ला अध्यक्ष आई.पि. खरेलले जानकारी दिए ।

  • १ फाल्गुन २०७७, शनिबार १५:०४ प्रकाशित
  • Nabintech