कबिता : ‘मतलब छैन’ !
  • काँचुली खबर

कहिले माधब भनेकै छ,
कहिले प्रचण्ड भनेकै छ,
कहिले केपि भनेकै छ,
कहिले विद्या भनेकै छ,
भिडैभिडमा कोच्चिएर भेडाहरुलाई,
आन्दोलन भनेकै छ,
एउटा हातमा झण्डा छोपेकै छ,
अर्को हातले कम्मर च्यापेकै छ,
केपिको भाषणमा ताली ठोक्नेले,
प्रचण्डको भाषणमा गाली ठोकेकै छ,
सञ्जालमा गाली गरेकै छ,
आन्दोलनमा नि गएकै छ,
मासु भात खाएकै छ,
दात कोट्याएकै छ,
नेपाल सरकारले सदियौ देखि,
माग्या मागै छ,
जनतासँग कर मागेकै छ,
कहिले यिनैसँग भोट मागेकै छ,
युवालाई खाडी बेचेकै छ,
रेमिटान्स पाएकै छ,
विकास भनेकै छ,
बाटो बन्दा नाला भत्केकै छ,
नाला बन्दा बाटो भत्केकै छ,
एकचोटी बजेट पास हुँदा,
एउटा नेताको घर ठडिएकै छ,

त्यसैले मलाई नेपाल सरकारसँग कुनै सरोकार छैन ।

 

– गौरब पौडेल

  • १ फाल्गुन २०७७, शनिबार १८:३६ प्रकाशित
  • Nabintech