१५ बैशाख २०८१, शनिबार
जन्मदिनमा पुस्तकालयलाई पुस्तक सहयोग
  • काँचुली खबर

कोहलपुरका एक ब्यवसायीले आफ्नो जन्मदिन पृथक तरिकाले मनाएका छन । कोहलपुर नगरपालिका १० बिद्युतरोडमा हार्डवेयर पसल संचालन गर्दै आएका दिपक अर्यालले आफ्नो जन्मदिनका अवसरमा स्थानिय ज्ञानोदय पुस्तकालयलाई केही थान पुस्तक उपलब्ध गराएका छन ।

अर्यालले शुक्रबार आफ्नो जन्मदिनको अबसरमा जडिबुटी, आयूर्वेद र तिनको उपयोगिताको बारेमा लेखिएको सम्पूर्ण पुस्तक ‘महारसनिघन्टु’ भाग १, २ र ३ को एकसेट कोहलपुर हार्डवेयर ब्यवसायी सँघलाई उपलब्ध गराएका थिए । अर्यालको ईच्छा बमोजिम कोहलपुर हार्डवेयर ब्यवसायी सँघका अध्यक्ष कुमार उप्रेतिले एक कार्यक्रमका बिच ती पुस्तक ज्ञानोदय पुस्तकालयका सचिव सुशील सापकोटालाई हस्तान्तरण गरेका हुन ।

हार्डवेयर ब्यवसायी सँघका उपाध्यक्ष समेत रहेका पुस्तकदाता अर्यालले जडिबुटी र आयूर्वेदसम्बन्धि महत्वपूर्ण ज्ञानसहितको पुस्तक पुस्तकालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन । धर्म महारसद्वारा लिखित महारसनिघन्टुको एकसेटको मूल्य बजारमा ९ हजार रहेको छ ।

  • १ फाल्गुन २०७७, शनिबार १३:३२ प्रकाशित
  • Nabintech