८ बैशाख २०८१, शनिबार
नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिभल शुरु
  • काँचुली खबर

नेपालगन्जमा बिहिबारदेखि अनलाईन बिजिनेस फेस्टिभल शुरु भएको छ । मिठो छ फुड प्रालिले फेस्टिबलको आयोजना गरिएको हो । फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिभल संचालन हुने आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिए ।

शाहले अनलाईन तथा ईन्टरनेटमार्फत स्थानीय स्तरमा उत्पादन गरिएका सामानहरुको अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने उद्देश्यले फेस्टिबलको आयोजना गरिएको बताए । प्रमुख शाहले यो फेस्टिभल नेपालगन्जमा रहेका सम्पुर्ण अनलाईन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताए ।

फेस्टिभलको पहिलो दिन करिब १५ सय जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । फेस्टिबलको मुख्य आकर्षणमा अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न खानाका परिकार पाईने स्टलहरु, सांगितीक प्रस्तुतीहरु, शैक्षिक जानकारीमूलक सामाग्री, स्टेण्डप कमेडीहरु लगायत रहेका छन । फेस्टिभलमा स्टलहरु राखेका स्थानीय उद्योगी ब्यवसायीहरु यस्तो प्रकारको फेस्टिभलको आयोजनाले स्थानीय बजारमा उत्पादित बस्तुहरुले सहज र सरल रुपमा बजार पाउने बताए ।

कोभिड-१९ महामारीका कारण संसारका हरेक क्षेत्र पछाडि परिरहेको अवस्थामा यस्ता किसिमका फेस्टिभलको आयोजनाले केहि मात्रामा भएपनि सबैलाई राहत पुर्याउने आयोजकले विश्वास लिएको छ ।

  • २९ माघ २०७७, बिहीबार २२:०३ प्रकाशित
  • Nabintech