बाँकेमा कस्तुरीको बिनासहित पाँच जना पक्राउ परेका छन । बिहिबार नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको लौटन थारुको घरबाट कस्तुरीको बिना र जङ्गली जनावरको दाँत सहित ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बन्यजन्तुको अबैध रुपमा खरिद बिक्रि भई रहेको गुप्य सूचनाको आधारमा लौटन थारुको घर तलासी गर्दा पार्वति थापाले बोकेको रातो लेडिज ब्याग भित्र खैरो रङ सहितको कस्तुरिको बिना जस्तो पदार्थ र जंगलि जनावरको दाँत फेला परेको प्रहरीले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसक्रममा घटनास्थलमा रहेका बर्दिया ठाकुरबाबाका ५२ वर्षिय लौटन थारु, सोही ठाँउका २६ वर्षिय कमल परियार, बढैयातालका २५ वर्षिय पार्वति थापा, सोही ठाँउका ४५ वर्षिय रामशरण थारु र जाजरकोटका २७ वर्षिय धनराज थापालाई समेत पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ब्यक्ति तथा बरामद गरीएको सामग्रीलाई आवश्यक कारबाहीका लागी जिल्ला वन कार्यालय नेपालगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

२९ माघ २०७७, बिहीबार २१:४२ प्रकाशित