१५ बैशाख २०८१, शनिबार
सवा लाख मुल्य बराबरको अबैध सामान बरामद
  • काँचुली खबर

भारतबाट भन्सार छली नेपाल भित्राईएका सामान प्रहरीले बरामद गरेको छ । नेपालगंज उप-महानगरपालिका वडा नं. १३ बाट १ लाख २३ हजार पाँच सय मुल्य बराबरको बिभिन्न अबैध सामग्री बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार भन्सार छलि ल्याईएका १७० थान सुट, ४ कार्टुन डटपेन, ४ थान ब्याट्रि गरी अन्दाजी १ लाख १३ हजार ५०० मुल्य बराबरको सामान बरामद गरीएको हो । प्रहरीको गस्ती टोलिले बेबारिसे अवस्थामा फेला पारेको सामानलाई आवस्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको प्रहरीले जनाएको छ ।

  • २९ माघ २०७७, बिहीबार १९:०७ प्रकाशित
  • Nabintech