१५ चैत्र २०८०, बिहीबार
सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई अदालतमा उपस्थित गराउन माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।

झाँक्रीलाई प्रहरीले पक्राउ गरेलगत्तै बिहीबार सर्वोच्चमा रिट दर्ता गरिएको हो । आगामी आइतबारका लागि पेशी तोकिएको रिट निवेदक अधिवक्ता गुणराज आचार्यले जानकारी दिए ।

गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र अपराध अनुसन्धान महाशाखा, बानेश्वरलाई विपक्षी बनाइएको रिटमा भनिएको छ, ‘संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्दै संसद विघटनको विरोध गर्नु प्रचलित कानून विपरीतको कार्य हो ।’

झाँक्रीलाई पक्राउ गर्ने निर्णय संविधान र प्रचलित कानून विपरीत रहेको रिट निवेदक अधिवक्ता आचार्यले उल्लेख गरेका छन् ।

  • २९ माघ २०७७, बिहीबार १८:२५ प्रकाशित
  • Nabintech