१२ बैशाख २०८१, बुधबार
‘रामकुमारीको पक्राउ देशलाई मुठभेडमा लैजाने षडयन्त्र’
  • काँचुली खबर

नेकपा (प्रचण्ड-माधव समूह) का नेता जनार्दन शर्मा (प्रभाकर) ले देशलाई मुठभेडमा लगेर आफ्नो निहीत स्वार्थपूर्ति गर्ने षडयन्त्र अनुसार नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको टिप्पणी गरेका छन् ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै रामकुमारीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका नेता शर्माले झाँक्रीको पक्राउबाट नागरिक स्वतन्त्रताको हनन् भएको समेत बताएका छन् ।

महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भन्दै जरुरी पक्राउ पूर्जी थमाएको छ ।

  • २९ माघ २०७७, बिहीबार १३:३१ प्रकाशित
  • Nabintech